बाँस काटन गएका दिपेन्द्रको शंकास्पद मृत्यु



मेरो प्रदेश सम्वाददाता
सर्लाही
सर्लाहीमा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा बसबरीया गाउँपालिका वडा नं. २ मानपुर घर भएका हरि नारायण यादवको १६ वर्षिय छोरा दिपेन्द्र यादव रहेका छन । मृक किशोर बिहिवार विहान घर नजिक रहेको बारीमा बाँस काटन गएका थिए । बाँस काटन गएका उनी


निकै समय सम्म समेत घर नफर्केपछी आफन्त र स्थानियहरुले खाज्दै जादाँ बाँसको झ्याङमा बेहोस अवस्थामा फेला परेका थिए । बेहोस उनलाई उपचारको लागि बरहथवा स्थित एडभान्स संजिवनी हस्पिटलमा भर्ना गरिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भईरहेको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button