लकडाउनको अवज्ञा गर्ने ३ सय ५२ जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ

मेरो प्रदेश सम्वाददाता
पर्सा
सरकारले गरेको देशव्यापी रुपमा लकडाउनको अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई बुधबार पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँच महिला, ११ बालबालिका र ३३६ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए ।
पक्राउ परेकाहरु देशको विभिन्नस्थानमा रही काम गर्दै आएका भारतीय नागरिक रहेका छन ।
उनिहरुलाई वीरगञ्ज नाकाबाट भारततर्फ जादै गर्दा नियन्त्रणमा लिई वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको छ ।
काठमाडौं, चितवन, मकवानपुर, पोखरा लगायत देशका बिभिन्न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिकहरु मालवाहक सवारीका साधनमा लुकिछिपी यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ ।