सिरहामा आगोमा जलेर एक महिलाले ज्यन गुमाईन

मेरो प्रदेश सम्वाददाता
सिरहा
सिरहामा आगोमा जलेर एक महिलाले ज्यन गुमाएकी छिन । ज्यन गुमाउनेमा गोलबजार नगरपालिका–१ मुक्सार बरडाँडाकी ५७ वर्षीया देवसुनैरदेवी यादव रहेकी छिन ।
गाउँकै मन्दिरमा बत्ती बाल्ने क्रममा दियोबाट सल्केको आगोले शरीरको अधिकांश भाग जेलर सोमबार साँझ गम्भीर घाइते भएकी यादवको
स्थानीय भूमिजा हस्पिटल एण्ड टेक्निकल डेभलपमेन्ट सेन्टरमा उपचारको क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिए ।
उनको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाईएको बताइएको छ । यता मृतकका परिवारजनले अस्पताल र चिकित्सकको लापरवाहीका कारण यादवको मृत्यु भएको आरोप लगाएका छन् ।