बर्दिवासको वडा नम्बर १ मा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवी परिवारलाई राहत वितरण गरिने



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
महोत्तरीको बर्दिवास नगरपालिका स्थित वडा नम्बर १ को कार्यालयले विपन्न, असहाय र दैनिक ज्यालादारीमा कामगर्ने मजदुरको लगत संकलन गरी राहत बितरण गर्न मंगलवार वडा कार्यालयमा कोरोना भाईरस रोकथाम राहत सिफारीस तथा वितरण समिती गठन गरेको छ । वडा नम्बर १ का अध्यक्ष चुडा्मणी पोखरेलको अध्यक्षतामा गठन भएको समितीले


लक डाउनका कारण कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले गरिब तथा विपन्न मजदुरहरुको लगत संकलन गरी दैनिक उपभोग्य सामग्री राहत स्वरुप वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बर्दिवासको वडा नम्बर १ मा दैनिक ज्यालादारीमा गुजारा चलाउने श्रमजीवीको मंगलवारदेखी लगत संकलन शुरु गरिएको छ । लगत संकलन गरिएको संख्याका आधारमा नगरपालिकाले राहत प्याकेज बनाई तथ्यांकको आधारमा बडा भित्र रहेका लक्षित घरपरिवारलाई वडा कार्यालयको मातहतमा राहत बितरण गरीने वडा अध्यक्ष चुडमणी पोखरेलले जानकारी दिए ।

राहतमा ४ जना भन्दा माथी रहेका घर परिवारलाई १५ किलो चामल, डेढ् किलो दाल, एक लिटर खाने तेल, एक किलो नुन र हात धुने साबुन १ थान राहत स्वरुप तत्कालै उपलब्ध गराउनेगरी कार्य्विधि बनाइएको छ भने ४ जना सम्मका घर परिवारलाई १० किलो चामल, १ किलो दाल, आधा लिटर खाने तेल ,एक किलो नुन र हात धुने साबुन १ थान बितरण गरीने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button