सिन्धुलीमा स्वास्थ्यकर्मीलाई घरधनीले बस्न दिएनन्



मेरो प्रदेश सम्वाददाता
सिन्धुली
कोरोनाको आशङ्कामा आइसोलेसनमा बिरामीको सङ्ख्या बढे्सँगै सिन्धुली अस्पतालका स्वस्थ्यकर्मी डेरामा बस्न पाएका छैनन् ।


स्वस्थ्यकमीले डेरा लिएको घरमा जाँदा घरधनीले दुर्व्यवहारगर्न थालेपछि स्वास्थ्यकर्मी अहिले अस्पतालमै बस्न बाध्य छन् । उनिहरु डेरामा जाँदा घरधनीले दुर्व्यवहार गरेको गुनासो गरेपछी अस्पतालभित्रै बसोबासको व्यवस्था मिलाइएको अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलले जानकारी दिए ।

“अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने समयमा यस्तो समस्या आएको छ, अस्पताल विकास समितिले कार्यरत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च पार्दै अस्पतालमै खाने, बस्ने तथा सुत्ने व्यवस्था मिलाएको छ”, उनले भने, “यति मात्र नभई अस्पतालमा कार्यरत अन्य कर्मचारीलाई पनि अस्पतालभित्रै बस्ने व्यवस्था मिलाएको छ ।

महामारीको अवस्थामा स्वास्थ्यकर्मीको मनोबल घटाउने काम नगर्न उनले सबैलाई आग्रह गरे । “यदि मानिसमा कोरोना नै नलागे पनि बिरामी पर्दा आउने अस्पतालमा नै हो ,उपचार गर्ने उनीहरु नै हुन् ।

स्वास्थ्यकर्मीहरुले पनि बिरामीमा भएको रोग आफूमा पनि सङ्क्रमण हुन्छ भन्दै उपचार नगरे के अवस्था हुन्छ”, उनले भने । स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्ने समय भएकोले यस्ता गलत काम नगर्न पोखरेलले सबैमा आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button