लकडाउनका कारण चैती छठपूजामा जनकपुर लगायत मधेशका पोखरीहरु सुनसान



मेरो प्रदेश सम्वाददाता
धनुषा


हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको षष्ठी अर्थात आजको दिन चैती छठपूजा गर्ने चलन रहेपनी यसबर्ष कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण जनकपुर लगायत मघेशबासीले चैती छठपूजा गर्न नपाउने भएका छन्।
लकडाउनका कारण चैती छठपूजामा समेत जनकपुर लगायत मधेशका पोखरीहरु सुनसान छन्।

पोखरीमा छठपूजा गर्न घाटहरु बनाइएको छैन। बजार र गाउँघर सुनसान बनेका छन्। सवारीसाधन ठप्प छ। सर्वसधारणले समेत छठपूजा गर्दा भिडभाड हुने र कोरोना भाइरसको संक्रमण फैलिने खतराका बढ्ने भन्दै पूजा नगर्ने बताएका छन्।
यता, धनुषा प्रहरीले यसवर्ष छठपूजा नगर्न सूचना जारी गरी सर्वसधारणसँग अपिल गरेको छ। चैती छठपूजा कुनै पनि सार्वजनिक स्थान वा पोखरीहरुमा नमनाउन सर्वसाधारणसँग अपिल जारी गरेर आग्रह गरेको प्रहरी प्रवक्ता एवं डिएसपी रामेश्वर कार्कीले जानकारी दिए।

‘चैती छठ पूजाका श्रद्धालु तथा भक्तजनहरुमा पर्न गएको पीडाप्रति जिल्ला प्रहरी कार्यालय धनुषा क्षमाप्राथी छौं’, सूचनामा उल्लेख छ।

यस्तै, जनकपुरमा जानकी मन्दिरको आयोजनामा हरेक वर्ष धुमधामका साथ भगवान रामको जन्मोत्सव रामनवमी मनाइन्थ्यो । धुमधामसँग मनाइने रामनवमी समेत यस बर्ष स्थगित गरिएको छ । रामनवमी यसवर्ष चैत २० गते पर्छ । तर लकडाउनका कारण रामनवमी मनाइने छैन।

लकडाउनमा भिडभाड गर्न नपाइने भएकाले रामनवमीको अवसरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नगरिने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोषण दासले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button