लकडाउन उलंघन गरेपछी रौतहटमा अनिश्चितकालीन निषेधाज्ञा जारी



मेरो प्रदेश सम्वाददाता
रौतहट
सरकारले लागू गरेको लकडाउन उलंघन गर्दै सर्वसाधरण घरबाट बाहिर निस्केर हिँड्न थालेपछि जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबारदेखि रौतहटमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।


निषेधाज्ञापछि गौर बजार ठप्प छ । निषेधाज्ञाका समयमा औषधि पसलबाहेक सबै पसलहरु बन्द रहने रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न तथा उपभोग्य वस्तु ढुवानीका साधन, एम्बुलेन्स, स्वास्थ्यकर्मी, जिल्ला प्रशासन कार्यालयबाट पास लिएका सवारी साधन मात्र सञ्चालन गर्न पाइने उनको भनाई छ ।

लकडाउनको समयमा सर्वसाधरणहरु बाहिर हिँड्डुल गर्न थालेपछि प्रशासन निषेधाज्ञा जारी गर्न बाध्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button