उद्योग बाणिज्य संघ बर्दिवासले दैनिक ज्यालादारीमा कामगर्नेहरुको तथ्याङ्क माग गर्याे



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
उद्योग बाणिज्य संघ बर्दिवासले आज एक बिज्ञप्ती जारीगर्दै नगर क्षेत्र भित्रका दैनिक ज्यालादारीमा काम गर्नेहरुको तथ्याङ्क माग गरेको छ ।


बिज्ञप्तीमा कोरोना भाइरस को संक्रमण बिश्वब्यापी रुपमा फैलिरहेको विषम परिस्थितिमा देश भरिनै गरिएको लकडाउन बाट जनजीवन कष्टकर बन्दैै गईरहेको अवस्थामा दैनिक परिश्रम गरेर खाने बढी प्रभावित हुँने भएकोले सम्बन्धित निकाय बाट दैनिक ज्यालादारीमा काम गर्ने मजदुर हरुको तथ्याङ्क माग भएको हुँदा तथ्याङ्क उपलब्ध गराईदिन नगर भित्रका सम्पुर्ण दैनिक ज्यालादारी मजदुरमा अतग्रह गरेको हो ।

संघले आफु र आफ्नो नजिक को कोहि आफन्त वा परीचित मानिसहरु त्यस्ता छन भने मोबाईल नम्बर ९८०१६१३८८८ , ९८०१६००३७०,९८१७८१९३८० मा फोन गरी तथ्याङ्क उपलब्ध गराई सहजीकरण गरिदिन समेत बिज्ञप्ती मार्फत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button