फिवर क्लिनिक प्रादेशिक अस्पताल जनकपुरमा आजदेखि सञ्चालन



मेरो प्रदेश सम्वाददाता
धनुषा
आकस्मिकबाहेक सबै सेवा बन्द गर्दै
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरले कोरोना भाइरस (कोभिड(१९) फैलिन नदिन आज (आइतबार)देखि फिवर क्लिनिक सञ्चालन गर्न लागेको छ ।


कोरोना रोकथामका निम्ति अस्पतालले सम्पूर्ण वार्डहरु मर्ज गर्दै केही सीमित वार्ड मात्र सञ्चालनमा ल्याएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए ।

यादबले उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको व्यवस्थापन मिलाईएकोे बताए ।

जनकपुर नर्सिङ क्याम्पस, पोषण पुनर्स्थापना गृह, एआइटी सेन्टर, सम्पूर्ण वार्ड तथा अन्य सबै तहका चिकित्सक, पारामेडिक्स, प्रशासनिक कर्मचारी, कार्यालय सहायक एवं स्वीपरहरुको रिजर्भ पुल निर्माण गर्दै ज्वरो क्लिनिक, आकस्मिक आइसोलेसन वार्ड र सम्भावित कोभिड–१९ आईसियू सञ्चालन गरिनेछ ।

‘हामीले फिवर क्लिनिकका निम्ति तयारी गरिसकेका छौं’ डा. यादवले भने, “त्यसका निम्ति थप उपकरणको माग गरेका हौउँ । आउने विश्वास छ ।”

डा. यादवले फिवर क्लिनिक सञ्चालन गर्दा धेरै भिडभाड नगर्न का लागि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको भन्दै देशभरिकै अस्पतालले आकस्मिकबाहेक सबै सेवा बन्द गरी कोरोना रोकथामप्रति ध्यान दिएकाले यो अस्पतालले पनि सोही अनुसार कामलाई अगाडि बढाएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button