जङ्गली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न बाध्य



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
जङ्गली हात्तीको त्रासले चुरे क्षेत्रका बासिन्दा रातैभरि जाग्राम बस्न बाध्य छन् । महोत्तरी, धनुषा र सिन्धुली जिल्लाको सीमाक्षेत्र चुरे काछका बस्तीमा जङ्गली हात्तीको आवागमन बाक्लिएसँगै यस क्षेत्रमा त्रास बढेको हो ।‘रात परेपछि हात्तीको त्रासले निदाउन सकिँदैन,’ चुरेको काखकै महोत्तरीको बर्दिवास नगरपालिका–३ पर्साहीधापकी मनमाया पुलामीले भन्छिन, ‘हात्तीले हामी बसेकोे बस्तीमा गत बर्षहरुमा मच्चाएको आतंकको सम्झना आउँदा राती निद्रा लाग्दैन ।’ गएको वर्ष हिउँदमा पर्साहीधापका मात्र चार घर हात्तीले भत्काएको सम्झदै पुलामीले अहिले पछिल्ला तीन दिनयता चुरे वरपरका बस्तीमा हात्ती पसेका खबर बाहिरिएपछि यस भेगका सर्वसाधारणमा थप त्रास बढेको हो । बिहीबार बिहानमात्र चुरे काखको सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ गिजियानीमा हात्तीको आक्रमणले दुई जना घाइते भएपछि तीनै (महोत्तरी, धनुषा र सिन्धुली) जिल्लाका जोडिएका बस्तीमा त्रास बढेको बर्दिवास–३ कै रजवासका सामाजिक कार्यकर्ता रामबहादुर थापा बताउँछन् ।
‘वर्षेनी जङ्गली हात्तीको उत्पात ती जिल्ला जोडिएका बस्तीमा हुँदै आएको छ ।’महोत्तरीको बर्दिवास नगरपालिका, धनुषाको मिथिला नगरपालिका र सिन्धुलीका कमलामाई र दुधौली नगरपालिका क्षेत्रका बस्ती चुरेसँगै जोडिएर वारिपारि छन् । यी क्षेत्रका बस्तीमा वर्षेनी जङ्गली हात्तीले घर भत्काउने, बालीनाली सखाप पार्ने र कतिपय बेला मान्छेलाई लडाउने गरेको दुःख आपूmहरुको नियति नै बनिसकेको छिमेककै धनुषाको मिथिला–१० तुलसी बस्तीका ७२ वर्षीय टीकाप्रसाद बराल बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button