महोत्तरीका पत्रपत्रिकाको प्रकाशन बन्द, ३ वटा अनलाइन र १२ वटा एफ. एम . रेडियो सञ्चालनमा



मेरो प्रदेश सम्वाददाता
बर्दिवास
बिश्व ब्यापी रुपमै संत्रास फैलिएको
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लक डाउन गरेपछि महोत्तरीका पत्रपत्रिकाका प्रकाशन बन्द भएको छ ।
आईतबारदेखि जिल्लाबाट प्रकाशित हुने सबै पत्रपत्रिकाको प्रकाशन बन्द गरिएको हो । जिल्लाबाट एउटा दैनिक पत्रिका र दश वटा साप्ताहिक पत्रिका नियमित प्रकाशन हुँदै आएको छ ।
सरकारको लक डाउन गर्ने निर्णयसँगै प्रेसका कर्मचारीहरु घरमै बस्न थालेका कारण पत्रिका प्रकाशन बन्द गरिएको नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष कमलेश मंडलले जानकारी दिए ।
लक डाउनको समयमा घर बाहिर निस्किन समेत नमिल्ने भएबका कारण पत्रिका प्रकाशन गर्न समस्या भएको उनको भनाई छ । जिल्लाबाट संचालित ३ वटा अनलाइन  १२ वटा एफ. एम . रेडियो र रेडियो नेपाल भने सञ्चालनमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button