बर्दिवास स्थित साझा कान्तिपुर डेन्टल प्रा. ली. को लापरवाहीले एक किशोरीको ज्यान गायो



डेन्टल क्लिनिकको लापरवाहीले एक किशोरीको ज्यान गएको छ । ज्यान जानेमा धनुषाको मिथिला नगरपालिका ९ बेंगाडावर घर भएका अमिरी महतोकी १९ वर्षीया श्रीमती रानीकुमारी महतो रहेकी छीन ।
महोत्तरीको बर्दिवास स्थित गत शनिबार साझा कान्तिपुर डेन्टल प्रा. ली. मा दुईवटा दाँत उखेलिएपछि सिकिस्त भएकी रानीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा सोहि दिन दिउँसो ३ बजे ज्यान गएको पति अमिरीले जानकारी दिए ।
यता इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले दाँत उखेल्दा मृत्यु भएको भन्ने विषयमा आइतबार राति मात्र थाहा पाएको र दाँत उखेलिएको कान्तिपुर डेन्टलमा जाँदा बन्द रहेको बताए ।
‘अस्ति राति हामीलाई रानीको मृत्यु भएको खबर अयो । शव पोस्टमार्टम भएपछि मात्र के कारणले मृत्यु भएको खुल्छ’ उनले भने ‘र्दुइवटा दाँत उखेल्दैमा मृत्यु हुनु नपर्ने हो। घटनाको विषयमा बुझ्न कान्तिपुर डेन्टलमा आइतबार पुग्दा बन्द थियो । घटनाको हामी थप अनुसन्धान गरिरहेका छौं । दोषी जो कोहि भए पनि उम्कन सक्दैनन ।


डेन्टल क्लिनिककै लापरबाहीले रानीको मृत्यु भएको परिवारजनको दावी छ ।
सर्लाहीको घुरकौली माईती भएकी रानीको गएको माघ २८ गते मात्र अमिरीसँग विवाह भएको थियो ।
यस्तो थियो घटना
घटना गत शनिबारको हो । रानीको शनिबार बिहान अत्यधिक दाँत दुखेपछि पति अमिरीले उनको उपचार गराउन बर्दिबास स्थित कान्तिपुर डेन्टलमा लगेका थिए । तर शनिवारको दिन परेकोले त्यहाँका चिकित्सक सरस्वती शाह बिदामा थिईन, दुखेको दुईवटा दाँत झिक्नु पर्ने सल्लाह दिँदै डेन्टल सञ्चाक दिलीप महतोले दाँत झिकेका थिए । दाँत झिकेपछि महतोले रानीलाई चिसो ड्यु खुवाइदिन भनेका थिए । घरपरिवारका अनुसार ड्यु खाएर घर फर्केपछि रानीलाई १।२ पटक वान्ता भएको थियो। त्यसपछि सिकिस्त भएकी उनलाई ढल्केबरको प्राथमिक उपचार केन्द्रमा भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुरधाम स्थ्ति प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

भर्ना भएको आधाघण्टा पछी दिउँसो ३ बजेतिर उनको मृत्यु भएको परिवारले जनाएको छ ।
यसैगरी नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त दन्त चिकित्सकले मात्र दाँत वा मुख सम्बन्धि उपचार गर्न पाउँने कानुनी ब्यवस्था भएको नेपाल डेन्टल एसोसेसन महोत्तरीका अध्क्षय अभियोग अधिकारीले बताए । उनले डाक्टर सरस्वती शाह बिदामा भएको समयमा डेन्टल सञ्चालक महतोले दाँत उखेलेर किशारेरीको जिवन संग खेलवाड् गरेकोमा खेद प्रकट गरे

यता कान्तिपुर डेन्टल क्लिनिकका सञ्चालक दिलीप महतो संग मेरो प्रदेश टि भी ले सम्पर्क गर्न खोज्दा उनीसंग सम्पर्क हुँन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button