सामान्य प्रकृतिका अपराधमा आरोपित थुनुवाहरुलाई छाड्न सुरु

मेरो प्रदेश सम्वाददाता
धनुषा
नेपाल सरकारले २५ जना भन्दा बढी मानिसलाई एकैठाउँमा जम्मा नहुन भनेपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमणलाई मध्यनजर गर्र्दैै
सामान्य प्रकृतिका अपराधमा आरोपित थुनुवाहरुलाई छाड्न सुरु गरेको छ । तर कार्यालयले गम्भीर मुद्दाका थुनुवालाई भने नछाडने जनाएको छ ।
प्रहरीले सार्वजनिक अपराध, लागुऔषधको मुद्दा, अभद्र व्यवहार लगायतका मुद्दामा हिरासतमा रहेका थुनुवाहरुलाई छाडेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।
प्रहरी कार्यालयले आइतवार १२ जना थुनुवाको मिसिल अदालत र जिल्ला प्रशासन कार्यालयमा बुझाएर कैदी छाडेको छ भने सोमबार १२ जना थुनुवालाई छाड्न अदालत तथा जिल्ला प्रशासन कार्यालयमा मिसिल बुझाएको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवा कक्षमा अहिले ६० जना थुनुवा रहेका छन ।