बीरगंज महानगरपालिका चैत १८ गतेसम्म अघोषित लकडाउन



मेरो प्रदेश सम्वाददाता
पर्सा
कोरोनाको संक्रमणबाट जोगिन बीरगंज महानगरपालिकाले सोमबारदेखि चैत १८ गतेसम्मकालागी अघोषित लकडाउन गरेको छ ।
महानगरपालिकाले नगर क्षेत्र भित्र आकस्मिक कमकाज बाहेक घरबाट बाहिर ननिस्कन सआग्रह गरेको छ ।
महानगरले चैत्र १८ गत्ते सम्म किराना, दुध , तरकारी , औषधीका पसल, अस्पताल , एम्बुलेन्स र दमकल लगायतका अत्यावश्यक सेवा मात्रै खुल्ला रहने र यी बाहेका सबै पसल तथा सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
अत्यावश्यक सेवाका लागि बजार तथा पसल जानु परेमा घरबाट एक जना मात्रै जानु पर्ने र सेवा लिइ तुरुन्तै घर फर्किनु पर्ने निर्णय पनि महानगरले गरेको छ ।
यसैगरी महानगरको कुनै पनि स्थानमा ३÷४ जना भन्दा बढी मानिस भेला हुन नपाइने निर्णय पनि गरिएको नगर प्रमुख सरावगीले जानकारी दिए ।
अतिआवश्यक सेवा दिने पसल र संस्थाले भीडभाड नगराइ एक एक जना सेवाग्राहीलाइ मात्र सेवा प्रवाह गर्नु पर्ने निर्णय गरिएको छ ।
यो अघोषित लकडाउन नै भएको भन्दै नगर प्रमुख सरावगीले महानगरपालिकाले गरेको निर्णय पालना भए नभएको विषयमा मङ्गलवा देखि नगर प्रहरीले अनुगमन गरिने र अटेर गर्नेलाई कार्वाही गरिने बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button