महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मनरासिस्वा नगरपालिका ८ कटैया
का १४ वर्षीय मन्जर अंसारी रहेका छन ।
तिव्र गतिमा आउँदै गरेको ज.१त.५२४१ नम्बरको ट्याक्टरले आफ्नै घर अगाडि उभिरहेका बालक अंसारीलाई पछाडिबाटै अचानक ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए । गम्भिर बालकलाई उपचारको लागि स्थानिय स्वास्थ्य क्लिनिकमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button