धनुषामा अति आवश्यकबाहेकका सरकारी सेवा बन्द

मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा शनिबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरको मुजेलियास्थ्ति मणिपाल मेडिकल कलेजको प्रयोगविहीन भवनमा ६० देखि ७० बेड सम्मको कोरेन्टाइन भवन बनाउने निर्णय गर्दे बैठकले भारतको विहार राज्यबाट कोरोणा संक्रमण फैलन नदिन धनुषाको मुख्य नाका जटही र खजुरी बाहेक सबै नाका सिल गर्ने निर्णय गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले दिएको जानकारी अनुसार ७० देखि ८० घण्टाको अवधिमा कोरेन्टाइन भवन बनाउने तयारी थालिएको हो
यस्तै अति आवश्यकबाहेक सरकारी सेवाको कार्यालय खुलेपनी सेवा प्रवाह भने बन्द गरिने, निर्णय गरिएको प्रजिअ निरौलाले बताए।