प्रहरीद्वारा मास्क उत्पादन गरी थुनुवालाई वितरण



मेरो प्रदेश सम्वाददाता
सप्तरी
जिल्ला प्रहरी कार्यालय सप्तरीले शनिबार आफैले तयार गरेको माक्स हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई वितरण गरेको छ ।
प्रहरी कार्यालयले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स उत्पादन गरी वितरण गरेको हो ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालयका मातहतमा रहेका जिल्ला भित्रका सम्पुर्ण इलाका प्रहरी कार्यालय र चौकीहरुमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरेको थियो ।


“यसैगरी सिरहाका प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था समेत मिलाईएको छ ।
प्रहरी कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button