पाँच वर्षिय नाबालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
उदयपुर
एक पाँच वर्षिय नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय उदयपुरले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–९ उत्तराईटोलका २२ वर्षिय उमेश सदा रहेका छन ।
सदाले त्रियुगा नगरपालिका– ८ शाही खोला बगरस्थित नाबालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) बीरबहादुर बुढा मगरले जानकारी दिए ।
आरोपित सदालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । नाबालिकाको स्वस्थ्य परिक्षण पछी उपचार भई रहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button