जनकपुरबाट सेनिटाइजरको कालोबजारी गर्न खोज्ने फार्मेसीका कर्मचारी पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
विश्वभरि महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरस प्रकोपको मौकामा ह्याण्ड सेनिटाइजर, मास्क, तथा अन्य उपभोग्य वस्तुको कालोबजारी दिन प्रती दिन बढदै गईरहेको समयमा
जनकपुरबाट सेनिटाइजरको कालोबजारी गर्ने एक फार्मेसीका कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा
जनकपुरधामको भमरपुरा चोकस्थित अटल फार्मेसीका कर्मचारी अनिल यादव रहेका छन । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बजार अनुगमनको क्रममा पक्राउ गरेको हो ।
अटल फार्मेसीका सञ्चालक प्रभास चौधरीले जनकपुरधाम उपमहानगरपालिका ४ स्थित श्याम मेडिकलबाट आफ्नो फार्मेसीको नाममा ५ सय थान ह्याण्ड सेनिटाइजर खरिद गरेर उपभोक्तालाई बिक्री नै नगरि आफ्नो गोदाममा राखेका थिए । अभावको समयमा कालोबजारी गर्ने मनसाय राखेर बिक्रि स्थलमा नराखी गोदाममा राखेको प्रष्ट देखिएको बजार अनुगमन टोलीमा गएका जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत गणेश मिश्रले बताए ।
अटल फार्मेसीका सञ्चालक तत्काल त्यहाँ उपस्थित नरहेकोले सोधपुछका लागि उनको कर्मचारी अनिललाई प्रहरीले नियन्त्रणमा लिईएको हो । बजार अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय र जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरु सहभागी थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button