धनुषाका क्रसर सञ्चालक महादेव पक्राउ



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ मा सञ्चालन हुँदै आएको कमला स्टोन क्रसर उद्योगका सञ्चालक महादेव महतोलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला नेतृत्वको अनुगमन टोलीले उद्योगमा अनुगमन गर्दा अवैध उद्योग सञ्चालन गर्दै आएको भेटिएपछि महतोलाई पक्राउ गरेको हो ।
महतोले झण्डै तीन वर्षदेखी उद्योगको कुनै किसिमको कर नतिरेको र सरकारी जग्गामा गैरकानूनी रुपमा उद्योग सञ्चालन गर्दै आएको खुलेको छ । महतोलाई नगरपालिकाले उद्योग नविकरणकालागी बारम्बार मौखिक र लिखित जानकारी गराउँदा पनि वेवास्ता गरेको गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख रामबाबु यादवले बताए ।
यसैगरी आफूहरुले उद्योगलाई नवीकरणको लागि बारम्वार आग्रह गर्दा समेत अटेर गरेको र सोधखोज गर्दा उद्योग बन्द रहेको भन्दै महतोले झुठो बोल्दै आएको जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख दीपक झाको भनाइ छ ।


क्रसर अनुगमनमा धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौला, जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव बनरैत यादव लगायतको उपस्थितीमा अगुगमन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button