३ दिनभित्र अबैध घरेलु मदिरा भट्टीहरु बन्द नभए सम्बन्धित क्षेत्रका प्रहरी ईन्चार्जहरुमाथि कारबाही हुँने



मेरो प्रदेश सम्वाददाता
धनुषा


धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा अवैध घरेलु मदिरा सेवनबाट १ दर्जन भन्दा बढी ज्यान गुमाएपछि प्रदेश २ सरकारले ३ दिनभित्र अवैध मदिरा भट्ठी बन्द गर्ने जनाएको छ ।
प्रदेश २ सरकारका प्रमुख प्रतिपक्षी दल नेकपाका सांसद शत्रुद्धन महतोले दर्ता आज गराएको सार्वजनिक महत्वको प्रस्ताव माथी छलफल गर्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले
आज बसेको सुरक्षा समितिको बैठकको बिषयमा सञ्चाकर्मी संग कुरा गर्दैे प्रहरीकै संलग्नतामा अवैध मदिरा उत्पादन भइरहेको आरोपको जबाफ दिँदै भने, ‘अवैध मदिरा उत्पादनमा सहयोग गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याइन्छ, आजै निर्णय भएको छ र निर्देशन समेत दिइसकेको छु ।’ मदिरा सेवनबाट भएको घटनाको नैतिक जिम्मेवारी लिन प्रदेश सरकार तयार रहेको समेत उनले बताए ।
मन्त्री यादवले ३ दिनभित्र अवैध मदिरा भट्ठी बन्द गर्ने निर्णय भएको बताए  उनले भने ३ दिनभित्र त्यस्ता भट्टीहरु बन्द नभएमा सम्बन्धित क्षेत्रका प्रहरी ईन्चार्जहरुमाथि कारबाही हुनेछ ।’
महोत्तरीको भंगहा नगरपालिकामा उत्पादित अवैध घरेलु मदिरा क्षीरेश्वरनाथ नगरपालिकाका लगायत धनुषाका विभिन्न स्थानमा पुगेको समेन उनले बताए । विषाक्त मदिरा सेवनबाट हालसम्म २० को मृत्यु भएको मन्त्री यादवले जानकारी गराए ।
प्रस्ताव पेस गर्दै सांसद महतोले अवैध घरेलु मदिरा उत्पादन र बिक्री वितरणमा प्रदेश सरकारले रोक लगाउनु पर्ने माग गरे । प्रदेशसभा सञ्चालन नियमावली २०७५ को नियम ७१ बमोजिम महतोले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा सत्तरुढ दल समाजवादी पार्टीका संसदीय दलका प्रमुख सचेकत शैलेन्द्र यादव र सत्तारुढ दल राजपा नेपालका संसदीय दलका प्रमुख सचेतक परमेश्वर साह समर्थन गरेका छन् ।
प्रस्तावको समर्थन गर्दै राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साहले प्रदेशमा घरेलु मदिरा नियन्त्रण गर्न चुनौती भएको बताए । प्रहरीमाथि आरोप लगाउदैँ उनले भने– प्रहरीकै संलग्नतामा मदिरा उत्पादन र बिक्रीका कारण विभिन्न पटक मृत्युको घटना दोहरिँदै आएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button