पर्सामा हुकिङ्ग गरी विद्युत चोरी गर्ने १७ जना एकै दिन पक्राउ



मेरो प्रदेश सम्वाददाता
पर्सा
पर्सामा तारमा हुकिङ्ग गरी विद्युत चोरी गर्ने १७ जनालाई एकै दिन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका २ जोखु माझी, खलिल मिया, हरि माझी, बली माझी, अलख प्रसाद यादव, इसमहमद मियाँ, अरुण महतो, जुमन मिया, सुरज मिया रहेका छन् । त्यसैगरी पटेर्वा सुगौली गाउँपालिका ४ का मुनिलाल दास, वडा नम्बर ५ का कृष्णमाली भगत, रुपेश मुखिया, मुकेश मुखिया, पर्सागढी नगरपालिकाका ७ का शिचन्द्र दास र सुरेन्द्र सहनी, विन्दवासीनी गाउँपालिका ६ का जयकरण सिंह र बहुदरमाई नगरपालिका २ का पप्पुप्रसाद पटेल रहेका छन ।
पर्सामा विद्युत चोरीको घटना बढेको प्रप्त सूचनाको आधारमा विद्युत प्राधिकरण पोखरिया र पर्सा प्रहरीेको टोली गाउँ छिर्दा एकै पटक यति धेरै मानिस पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान र कार्वाही अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button