रौतहटबाट चाइनिज र घरेलु पेस्तोलसहित १ जना पक्राउ



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा सशस्त्र प्रहरीको गस्ती टोलीले चाइनिज र घरेलु पेस्तोलसहित एकजना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका ३ राजपुर तुलसी घर भएका ४९ वर्षीय शेख बैतुलाह रहेका छन ।
रौतहटको फतुवा बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर रायमाझीको नेतृत्वमा गएको गस्ति टोलीले चेकजाँचको क्रममा बैतुलाहलाई हतियारसहित पक्राउ गरेको हो


उनको साथबाट प्रहरीले चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ एमएमको बौल राउन्ड २ थान, कटुवा पेस्तोल १ थान, मोबाइल २ थान, घडी १ थान, नगद ३,४८० र केहि बिदेशी र भारतीय रकम नागरिक्ता,सवारी चालक अनुमतिपत्र सहित
उनले प्रयोग गरेको बिआर ०५ टि ८१३६ नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button