हत्याको प्रयास गरेकोमा एक युवक पक्राउ



मेरो प्रदेश सम्वाददाता
सप्तरी
राजविराज नगरपालिका–८ मा एक्लै बस्दै आएका ६७ वर्षीय सत्यनारायण साहको हत्याको प्रयास भएको छ । घरमा सुतिरहेको समयमा बिहीबार मध्यराति सोही ठेगाना घर भएका २० वर्षीय मुकेश मण्डलले साहको हत्याको प्रयास गरेका हुन । मण्डलले मध्य रातमा साहको घरको दराज खोलेर सामान खोतलिरहेको समयमा साह ब्युँझेर रोक्न खोज्दा मंडलले आक्रमण गरेको घाइते साहले बताए । घरभित्र प्रवेश गरेका मंडलले भुइँमा लडाइँ चक्कुले घाँटी काटेको पीडितको भनाई छ । पीडितको घाँटीमा गम्भीर घाउ भएको र उनलाई ६० वटा टाँका लगाउनुपरेको अस्पतालले जनाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबारदेखि उनको उपचार भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button