महोत्तरीमा पहिलो पटक सहकारी संस्थाहरुबीच एकिकरण



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा पहिलो पटक तिनवटा सहकारी संस्था एकिकरण भएका छन । महोत्तरीको बर्दिवास नगरपालिका स्थित बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि., संंजिवनी बचत तथा ऋण सहकारी संस्था लि. र जयश्री कृषि सहकारी संस्था लि.को शुक्रवार बसेको साधारण सभाले तिनवटै सहकारी संस्था संयुक्तरुपमा एकिकरणको घोषणा गरेको हो । एकिकरण पश्चात तिनवटै सहकारी संस्था बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि. मा परीणत भएका छन साधारण सभाको निण्र्नय संगै संजिवनी बचत तथा ऋण सहकारी संस्था लि. र जयश्री कृषि सहकारी संस्था लि.को दर्ता खारेज भई सो संस्थाहरुको सम्पूर्ण कारोवार अव बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि. ले गर्ने भएको छ ।
साधारणसभा महोत्तरी जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्री कृष्ण बहादुर सिंहको प्रमुख आतिथ्यता र बर्दिवास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष श्री शंकर कुमार श्रेष्ठको सभापतित्वमा संचालन भएको थियो ।


साधारण सभामा तिनवटै संस्थाका अध्यक्षहरुले एकिकृत संस्थालाई प्रदेश नं.२ कै उत्कृष्ट सहकारीकोरुपमा स्थापित गर्न सदस्यहरुलाई सहयोग तथा सकृयताका लागि अनुरोध गरेका छन । साधारण सभामा जिल्ला बचत संघ महोत्तरीका अध्यक्ष श्री कृष्ण बहादुर सिंंहले संस्थाले एकीकरण प्रकृयामा पु¥याएको योगदानको चर्चा गर्दै नीति, विधि र प्रविधिलाई आत्मसाथ गर्दै अगाडि बढ्रदै स्तरीय संस्था निर्माणका लागि र एकिकृत हुने संस्थालाई सफलताको शुभकामना दिएका छन । एकिकरण पश्चात संस्थाको कूल सम्पत्ति करिव १७ करोड, कूल सदस्य संख्या ३ हजार, कूल बचत १२ करोड, कूल ऋण लगानी १३ करोड र शेयर पूँजी २ करोड २५ लाख पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button