रोशनी खातुनको शव गोरधोइ पोखरीमा फेला

मेरो प्रदेश सम्वाददाता
धनुषा
ज्नकपुरधाम स्थित पेठिया बजारमा कपडा पसल सञ्चालन गर्दै आएकी २५ वर्षीया रोशनी खातुनको शव जनकपुरधाम ६ स्थित गोरधोइ पोखरीमा फेला परेको छ । खातुन गत दुई दिनदेखि हराइरहेकी थिइन् ।
मर्निंग वाक गएकाहरुले शव पोखरीमा डुबेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको मृत्युबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।