खेतमा घाँस काटेको भन्दै रामप्रवेसले गरे महिलालाई निर्घात कुटपीट



मेरो प्रदेश सम्वाददाता
रौतहट
रौतहटमा एकजना अधबैँसे महिलामाथी निर्घातरूपमा कुटपिट भएको छ । जिल्लाको फतुवा विजयपुर नगरपालिका ८ स्थित बजारटोलका रामप्रवेस साहले ५० बर्षिया मोगलपानी खातुनलाई निर्घात कुटपिट गरेका हुन् ।


साहले आफ्नो खेतमा प्रवेश गरी घाँस काटेको भन्दै हात तथा उखुको लौरो बनाएर आफ्नो दुवै हात, तिघ्रा र संवेदनशील अङ्गहरुमा समेत प्रहार गरेको पीडित महिलाले बताएकी छिन् ।
४ दिन अघि अरुकै खेतमा घाँस काटेर आउने क्रममा साहले जबरजस्ती भुइँमा लडाएर कुटपिट गरेको पिडित महिलाले बताइन् ।
घटनाबारे ईलाका प्रहरी कार्यालय विजयपुरमा उजुरी गर्दा समेत पीडकबाट सामान्य उपचार मात्र गर्न लगाएर उन्मुक्ति दिइएको पीडितको आरोप छ ।
त्यसैगरी प्रहरी निरीक्षक चन्द्रकिशोर साहले घटनाबारे आवश्यक अनुसन्धान भैइरहेको बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button