महोत्तरीको पिपरपबाट डेढ करोड बढी रकम हिनामिना गर्ने कर्मचारी पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
नक्कली ऋणी बनाएर झुठो विवरण तयार गरी कर्जा लगानी देखाई सदस्यहरुबाट मासिक सावा ,किस्ता र ब्याज रकम असुली गरी एक करोड ६१ लाख ७६ हजार रुपैयाँ हिनामिना गरेको अभियोगमा नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा पिपराका


दुई कर्मचारीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
नेरुडे लघुवित्त वित्तीय संस्थाका वरिष्ठ उत्प्रेरक मोरङको ग्रामथान गाउँपालिका ३ का २६ वर्षीय बद्रीनारायण तवदार र सहायक उत्प्रेरक
जहदा गाउँपालिका ३ का ३१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक केदार बस्नेतले जानकारी दिए ।
उनिहरु दुवै जनाले नक्कली ऋणी बनाएर झुठा विवरण तयार गरी कर्जा लगानी देखाई सदस्यहरुबाट मासिक सावा किस्ता र ब्याज रकम समेत असुली उठाई बैंकमा जम्मा नगरी १ करोड ६१ लाख ७६ हजार ८ सय ६० रुपैयाँ हिनामिना गरेको देखिएको छ ।

सो वित्तीय संस्थाको केन्द्रीय कार्यालय विराटनगरका कामु सहायक महाप्रवन्धक ऋषिप्रसाद न्यौपानेको उजुरीको आधारमा ती दुईमाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
रकम हिनामिनामा ती दुई जनाको मात्रै हात नरहेको आशंका गर्दै वितिय संस्थाका सञ्चालक तथा थप कर्मचारीमाथि पनि अनुसन्धान गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button