ट्राफिक नियमको पालना नगर्ने २७४ मोटरसाइकल एकै दिन प्रहरीको नियन्त्रणमा



मेरो प्रदेश सम्वाददाता
सिरहा
होलीपर्वको समयमा मादक पदार्थ सेवन गरी ट्राफिक नियमको पालना नगर्ने सवारी साधनलाई सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २ सय ७४ मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहा, इलाका प्रहरी कार्यालय लहान, मिर्चैया र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले ट्राफिक नियमको पालना नगरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । सवारी चालकले मादक पदार्थ सेवन गरी चलाएको, तीनजना भन्दा बढी चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २ सय ७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।


पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ ।
यसैगरी होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ सेवनगरी झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने छ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कारवाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button