महोत्तरीमा सामूहिक बलात्कार गर्ने चारजना पक्राउ



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरी प्रहरीले दुई साताअघि सामूहिक बलात्कार घटनाका अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
महोत्तरी सदरमुकाम जलेश्वर स्थित मिथिला माध्यमिकी परिक्रमा पुगेको दिन फागुन १५ गते राति परिक्रमा मेला हेर्न गएका दुई किशोरीलाई जबर्जस्ती करणीगर्ने सात जनाको समूहमध्ये चारजनालाई मङ्गलबार पक्राउ गरी सार्वजनिक गरेको हो ।
प्रहरीले घटनाका अभियुक्त जलेश्वर नगरपालिका–६ का २६ वर्षीय खुशनुर अन्सारी, २४ वर्षीय राजु ठाकुर, ३४ वर्षीय सन्तोष ठाकुर र २५ वर्षीय कुमार प्रभातलाई पक्राउगरी जिल्ला प्रहरी कार्यालय महोत्तरी परिसरमा सार्वजनिक गरेको हो । परिक्रमाको पाँचौँ दिन जलेश्वरमा परिक्रमा मेला हेर्न गएका जलेश्वर–६ कै १६ र १७ वर्षीया दुई युवतीलाई समातेर मुख थुन्दै एकान्तमा लगेर सातजनाको समुहले सामूहिक बलात्कार गरेका थिए । घटनामा संलग्न तीनजना अझै फरार रहेका र उनीहरुको खोजी भईरहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए।
घटनापछि जलेश्वर अस्पतालमा उपचारका लागी लगिएका दुवै किशोरी उपचारपछी सामान्य भएका छन । पक्राउ परेका चारैजनालाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धान भैरहेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button