धनुषामा बिहे अगावै मोटरसाइकल नदिँँदा विवाह स्थगित

मेरो प्रदेश सम्वाददाता
धनुषा
विहे अघिनै दाईजोमा मोटरसाइकल नदिएको भन्दै धनुषामा विवाह रोकिएको छ । धनुषा को नगराइन नगरपालिका–२ जटही घर भएका सुकदेव सदाकी छोरी पुजाको विवाहकालागि गत आइतवार धनुषाको भुतही पटेर्वा निवासी रोहित सदाका २१ वर्षीय छोरा सुशील सदा जन्ती लिएर आउने कार्यक्रम भएपनी विवाहकालागि नआएपछि विवाह हुन सकेन । बेहुला पक्षले बेहुली पक्षसंग २ आना सुन र एउटा २ लाख रुपैयाँ पर्ने मोटरसाइकल दाइजो माग गरेपछी बेहुली पक्षले दिने भनेर टुंगो लागेको थियो।
आर्थिक अवस्था अत्यन्तै दैनिय भएपनि बेच्नी सदाले छोरीको विवाहका लागि ५ लाख रुपैयाँ चर्को ब्याजमा लिएर बिवाहको सबै तयारी गरेकी थिइन्। तर दाइजोमा बिहेको अघिल्लो दिन मोटरसाइकल दिन नसक्दा विवाह नै रोकिएपछि बेच्नीको परिवार अहिले तनावमा छन्।
बेहुला र जन्ती नआएपछि अस्तव्यस्त बनेको बेहुलीको घर र बोलाईएका आफन्तहरुले
३ दिनभित्रै आफूहरुले भनेको मोटरासइकल दिने भन्दै विवाह नरोक्न आग्रह गर्न समेत १०–१२ जना आफन्त र समाजका गन्यमान्य व्यक्तिको समूह बेहुलाको घरमा पुगे। बेहुलापक्षलाई जसरी पनि विवाहको लागि मनाउन एक लाख रुपैयाँ साथमा बेहुलीका बुबा सुकदेवको नागरिकता पनि उनीहरुले लगेका थिए।
‘एक लाख रुपैयाँ नै तत्काल लिनुस, नागरिकता पनी बन्धक राख्नुस्। हामी मोटरसाइकल भोलि नै दिन्छौँ। यो विवाह अस्विकार नगर्नुस् भनेर हाम्रो पक्षबाट गएका सबैले बिलौना गरे तर, केही सिप लागेन पूजाकी आमा बेच्नीले भनिन्न, ‘केटालाई नै भगाइदिए। केटालाई हेर्न समेत दिएनन ।
बेच्नीले छोरीको विवाहको लागि ५ लाखा रुपैयाँ ऋण काढेर तयारी गरेको र सबै बर्बाद भएकाले विवाह नगर्ने ,बेहुला पक्षलाई कडा कारबाही गर्न प्रशासनसँग माग गरेकी छिन ।
उनले भनिन ‘पाँच लाख रुपैयाँ साहु महाजनसँग ऋण काढेर विवाहको लागि सबै खर्च गरें यो क्षतिपुर्ति हामीलाई दिलाउन र केटा पक्षलाई कारबाही गराउन सहयोग गरिदिनुस्।’ बेच्नी सदाले गुहार माग्दै भनिन्।
उनले अब त्यो केटासँग छोरीको विवाह समेत हुँन नसक्ने बताइन्।
विवाह रोकिएपछि छोरी पूजाले बेहुलापक्षलाई कारबाही गरिनुपर्ने माग गरेकी छिन्।
‘मोटरसाइकल नै नदिएको कारण विवाह नगर्ने केटासँग बिहे गरेर म के गरु भोलि कुनै बहानामा कुटपिट गर्छन्। हत्या नै गरिदिन सक्छन,’ पूजाले भनिन, ‘तर, विवाह गर्ने समय तोकेर बिहे नगर्ने र अरुको प्रतिष्ठामाथि आँच पुर्याउनेलाई कडा कारबाही हुनुपर्छ।’
दाइजोको कारण विवाह रोक्नेलाई कारबाहीको दायरामा ल्याईने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए।
‘दाइजो कसुरमा मुद्दामा छोरापक्षलाई कारबाही गर्न सकिने र त्यसको लागि छोरी पक्षले जाहेरी दिनुपर्ने उनको भनाई छ ।