सप्तरीमा किशोरीमाथि सामूहिक बलात्कार गर्ने चार जनालाई जनही १० बर्ष कैद

मेरो प्रदेश सम्वाददाता
सप्तरी
एक सोह्र वर्षीय किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा सोमबार जिल्ला अदालत सप्तरीले चार युवकलाईप्रती ब्यक्ती १० वर्ष कैद सजायको फैसला गरेको छ। जिल्ला अदालत सप्तरीका न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले शम्भुनाथ नगरपालिका–३ घर भएका २० वर्षीय एटलाण्टिक चौधरी,सोही ठेगाना भएका अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई कसुर ठहर गर्दै सो सजायको फैसला गरेको हो । अभियुत्तहरु शम्भुनाथ नगरपालिका –३ घर भएका २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ। पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४ फागुन २८ गते उजुरी दिएको आधरमा सामूहिक बलात्कारको अभियोगमा प्रहरीले एटलाण्टिक र अजयलाई घटनालगत्तै पक्राउ गरेको थियो भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा उपस्थित भएका थिए।