७३ वर्षीय बृद्धबाट १४ वर्षीय किशोरी बलात्कृत



मेरो प्रदेश सम्वाददाता
बारा
बारामा एक किशोरी बलात्कृत भएकी छिन । बाराको निजगढ नगरपालिका १० लालमा घर भएका ७३ वर्षीय बृद्धबाट १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । किशोरीलाई पटक–पटक बलात्कारगर्दै आएको बृद्धले पाँच दिनअघि घाँस काट्न गएको समयमा मकैबारीमा पुनः पछिल्लो पटक बलात्कार गरेका हुन । बलात्कारका कारण किशोरीको गुप्तांगमा चोट लागेर पिसाब गर्न असहज भएपछि बालिकाले घटना बाहिर ल्याएकी हुन् ।
वृद्धले किशोरीलाई विभिन्न प्रलोभन देखाएर धाकधम्की दिई जबरजस्ती करणी गर्दै आएको घटना बाहिर आएको छ । वृद्धले दुई हप्ताको बिचमा ५ पटकसम्म बलात्कार गरेको सहस्य खुलेको छ । घटना बाहिर आएपछी पिडितले बलात्कार भएको घटनास्थलसमेत देखाएकी थिइन । बलात्कारको घटनालाई पैसा दिएर गाउँमै मिलाउने प्रयास भएपनी केही स्थानीयले बालिका बलात्कार गर्नेलाई छुट दिन नहुने भन्दै विरोध जनाए पछि स्थानीबासीले गाँउमै रहेको सशस्त्र प्रहरी बेस क्याम्पमा बुझाएका थिए । बृद्धलाई आइतबार इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी चौकी रतपुरको टोलीले नियन्त्रणमा लिएर आइतबार राति नै पीडित किशोरीको स्वास्थ्य परीक्षणका लागि चन्द्रपुर अस्पताल पठाइएको र घटनाको अनुसन्धानका लागि बारा प्रहरीले सोमबार वृद्धलाई जिल्ला अदालत बारामा पेश गरेर ७ दिनको म्याद थप गराई अनुसन्धान कार्य अघि बढाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकाश थपलियाले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button