होली पर्वमा प्रदेश २ मा मंगलवार र बुधवार सार्वजनिक बिदा दिईने



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीलाई होलीको शुभकामना दिदैें सबैको सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गरेका छन् । मुख्यमन्त्रीले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढँगले हर्षोल्लासपूर्वक होली पर्व मनाउन बिज्ञप्ती मार्फत् सबैमा आह्वान समेत गरेका छन् ।
होलीको पर्वको अवसरमा प्रदेश २ मा लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
प्रदेश सरकारको बिदा सम्बन्धी क्यालेण्डर अनुसार फागुन २७ गते मंगलबार र २८ गते बुधबार सार्वजनिक बिदा तोकिएको छ । २७ गते नै तराई, मिधेशमा होली पर्व मनाउन लागिए पनि प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा २८ गते होली पर्व मनाउने भएकाले समेत दुई दिन विदा दिन लागिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button