रोकिराखेको ट्रकलाई ठक्कर दिँदा अर्को ट्रकका चालकको मृत्यु,



मेरो प्रदेश सम्वाददाता
रौतहट
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रौतहटको बागमतीमा रोकिरोखेको ट्रकलाई अर्को ट्रकले पछाडिबाट ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने अर्काे एकजना गम्भीर घाइते भएका छन् ।
ज्यान जानेमा धनुषाको शहीद नगरपालिका–१ का ना ६ ख ३८२२ नम्बर ट्रकको चालक मनोजकुमार यादवको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक राजन थापाले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाईएको छ । शनिबार राति चन्द्रपुर नगरपालिका–१ मा टायर पन्चर भएर रोकेर राखिएको माल बाहक ना ६ ख ७०१३ नम्बरको ट्रकलाई ना ६ ख ३८२२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा सोही ट्रकका सहचालक धनुषाकै गणेशमान चारनाथ नगरपालिका–१ का श्यामसुन्दर यादव घाइते भएका छन । घाइतेलाई उपचारका लागि वीरगंजस्थित बयोधा अस्पतालमा पठाइएको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button