महोत्तरीमा पैसा लेनदेनकै विवादको कारण ज्वाईँले ससुरालाई गोली हाने



मेरो प्रदेश सम्वाददाता
महेत्तरी
गत आइतबार रातको २ बजे शौच गर्न घरबाट बाहिर निस्केका महोत्तरीको मनरासिस्वा नगरपालिका ३ बस्ने ६२ वर्षीय सहदेव प्रसाद यादवलाई गोली हान्ने उनको आफ्नै कान्छो ज्वाइँ रहेका छन । महोत्तरीको औरही नगरपालिका १ घर भएका सन्तोष यादवले ससुरा सहदेवलाई गोली हानेको सहदेवले बताएका छन् ।


जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार गराईरहेका सहदेबले सञ्चारकर्मी संग भने मध्यरातमा पिसाव फेर्न उठेको थिएँ । श्रीमती पनि म सँगै उठेकी थिइन् । मैले मोबाइलमा टर्च बालेको थिएँ । घर बाहिर निस्किँदा ३ जनालाई घरकोे भित्तामा लुकेको देखेँ एकजना मेरै ज्वाइँ थिए । हेर्ने बितिकै मोबाइलको उज्यालोमाथि २ गोली हानियो एउटा गोली छेउबाट गयो। अर्को मेरो कोखमा लाग्यो म ढलेँ
सन्तोषले जाडरक्सी सेवन गरी पटक पटक रुपैयाँ पैसा ऋण माग्ने गरेको र नदिँदा छोरीलाई कुटपिट र यातना दिएका कारण ज्वाँइसँग सम्बन्ध बिग्रीएको घाइते यादवको भनाइ छ ।

सहदेबलाई पाँचदिन हस्पिटलको आइसीयू कक्षमा राखेर उपचार गरिएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । उनलाई बिहीबारदेखि हस्पिटलको नर्मल वार्डमा राखेर उपचार गरिएको छ ।
घाइते यादवका २ छोरा वैदेशिक रोजगारीमा विदेशमा कार्यरत छन् । उनका दुई बुहारीसमेत घरमा नभएको बेला गोली हानिएको थियो । यादव अवकाश प्राप्त शिक्षक हुन् ।

यादवमाथि गोली प्रहार गर्ने ज्वाइँ सन्तोष यादवलाई ससुरा पक्षर्ले कारबाही गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीमा किटानी जाहेरी दर्ता गाराएको छ । घटनाको भोलिपल्ट घाइते यादवका भाइले ज्वाइँमाथि किटानी जाहेरी दर्ता गराएपछी सन्तोषलाई
प्रहरीले प्रक्राउ गरेको छ ।
‘ससुरा र ज्वाइँमा पैसा लेनदेनकै विवादको कारण गोली प्रहार भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button