कोइला र कामदारको अभावमा सप्तरीका ३० इँटा उद्योग बन्द



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा इँटाको मूल्यमा वृद्धि गरिएको छ । दक्ष कामदार र इँटा पोल्ने कोइलाको अभाव भएपछि सप्तरीका ३० भन्दा बढी इँटा उद्योग बन्द भएका छन् । उद्योग बन्द भएका कारण इँटाको मूल्यवृद्धि गरिएको हो । दक्ष कामदारको अभाव हुनु, कोइलामा सहज आपूर्ति नहुनु, कोइलामा भएको मूल्य वृद्धिका कारण पूँजीको समस्या र कर लगायतका कारणले इँटा उद्योग बन्द भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय र आन्तरिक राजस्व कार्यालयमा दर्ता भई लामो समयदेखि इँटा उत्पादन गर्दै आएका ती उद्योग विगत दुई वर्षदेखि बन्द भएका सप्तरी इँटा व्यवसायी सङ्घले जनाएको छ । उद्योगमा काम गर्ने मजदूर भारतीय नागरिक थिए, तर बिस्तारै ती कामदारले काम छाडेर घर गएपछि यतिबेला दक्ष कामदारको चरम अभाव भएको छ कामदारको अभाबले इँटा बनाउनेदेखि पोल्नेसम्मका कामदार नपाइएपछि ती इँटा उद्योगले इँटा उत्पादन बन्द गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button