अदालतबाट जरिवाना सजाय तोकिएर फरार भएका अभियुक्त प्रहरीको फन्दामा



मेरो प्रदेश सम्वाददाता
सिरहा
हातहतियार खरखजाना मुद्दामा अदालतबाट तीन वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना सजाय तोकिएर फरार भएका सिरहाको मिर्चैया नगरपालिका– १२ सिक्रौन घर भएका ४७ वर्षीय धनिकलाल कामतीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
कामतीलाई इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ ।
यसैगरी चोरी मुद्दामा १८ हजार ५ सय रुपैयाँ जरिवानाको सजाय तोकिएर फरार रहेका सिरहाको भगवानपुर गाउँपालिका– १ घर भएका २२ वर्षीय सरोजकुमार पासवान पनी प्रहरीको फन्दामा परेका छन । फन्दामा परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिने सिरहा प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button