महोत्तरीमा पोखरीमा डुबेर एक महिलाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा पोखरीमा डुबेर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा मटिहानी नगरपालिका–१ धिरापुर भर भएकी ६० वर्षीया सुकमरियादेवी मण्डल खत्बे रहेकी छिन ।
खत्बे बिहीबार साँझ गाउँ नजिकैको पोखरीको डिलमा घाँस काट्न गएकी थिईन घाँस काटने क्रममा उनलाई छारे रोगले च्यापेपछि सोही पोखरीमा खस्न जाँदा डुबेर उनको मृत्यु भएको महोत्तरी प्रहरीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
मृतक महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा लगिएको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button