धनुषामा नम्बर नखुलेको सवारी साधनकोे ठक्करबाट मोटरसाइकलमा यात्रा गर्ने २ जनाको मृत्यु



मेरो प्रदेश सम्वाददाता
धनुषा
धनुषामा बिहिवार साँधm नम्बर नखुलेको सवारी साधनकोे ठक्करबाट मोटरसाइकलमा यात्रा गर्ने २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको हँसपुर नगरपालिका ३ का अन्दाजी २५ वर्षीय सुनिल कापड र सोही ठेगाना र उमेर भएका सुबोध कापड रहेका छन् । उनीहरु चढेका वनटेष्ट मोटरसाइकललाई अपरीचित सवारी साधनले ठक्कर दिएको थियो ।
ठक्कर दिने सवारी साधन र त्यसको चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button