किर्ते नागरिकता बनाएको आशंकामा एक जना पर्साबाट पक्राउ

मेरो प्रदेश सम्वाददाता
पर्सा
किर्ते नागरिकताको आधारमा राहदानी बनाउन खोज्ने पर्साका एक जना पक्राउ परेका छन् ।
बिहीबार राहदानी बनाउन आएका अभिषेक साहलाई जिल्ला प्रशासन कार्यालय पर्साले प्रहरीको जिम्मा लगाएको हो । साहको नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभेटिएको र हस्ताक्षर पनि नमिलेको हुनाले उनले कीर्ते गरेर नागरिकता बनाएको आशंकामा अनुसन्धानका लागि प्रहरीमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।