बर्दिबासमा पिकअपको ठक्करबाट एकको मृत्यु, एक घाइते



मेरो प्रदेश सम्वाददाता
महोत्तरी
ब्र्दिवास काठमाण्डौ सडकखण्ड अन्तर्गत बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ स्थित कालापानीमा गए राति टाटा पिकअपले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ ।
ज्यान जानेमा सिन्धुलीको कमलामाई नगरपालिका–७ घर भएका ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।


बा ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको स १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए ।

घाईते खत्रीलाई बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाण्डौँ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो ।

सोही दुर्घटनामा रामेछाप जिल्ला मन्थली नगरपालिका–५घर भएका ३८ वर्षीय रुद्रराज कार्की गम्भीर घाइते भएका छन उनको उपचार बर्दिवासमा भइरहेको बर्दिवास प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button