टुकीको भरमा एसइईको तयारी



मेरो प्रदेश सम्वाददाता
पर्सा
आगामी चैत ६ गतेदेखि हुने एसइई परीक्षाको तयारीका लागी पर्साको पकहामैनपुर गाउँपालिका–१ का धोरेगाउँका बिद्यार्थी टुकी बालेर पढन बाध्य छन् । धोरेगाउँका करिब दुई सय विद्यार्थी टुकीकै सहारामा एसइईको तयारी गरिरहेका छन् ।


गाउँको धोरे विद्युत् उपभोक्ता समितिले ६ सय १ ग्राहकसँग विद्युत् खपत बापतको रकम उठाएर पोखरीया वितरण केन्द्रलाई महसुल नबुझाएका कारण लाइन काटिएपछि गाउँमा यस्तो अवस्था आएको हो नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरियाले गत माघ १५ गतेदेखि लाइन काटेपछि त्यस भेगका करिब आठ हजार व्यक्ति अँध्यारोमा बस्न बाध्य भएका छन ।
धोरे विद्युत् उपभोक्ता समितिले ८२ लाख रुपैँया बक्यौता रकम बुझाउन नसक्दा लाइन काटिएको पोखरिया वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रले करिब २३ करोड रुपैँया बक्यौता रकम असुल गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

केन्द्रबाट प्राप्त विवरणअनुसार २९ विद्युत् उपभोक्ता समितिमध्ये १२ उपभोक्ता समितिसँग दुई करोड ४५ लाख ५५ हजार रकम बक्यौता रहेको छ । जसअन्तर्गत ३३ हजार ४ सय ६८ ग्राहकमध्ये दुई हजार २ सय ६३ ग्राहकसँग दुई करोड ४४ लाख २९ हजार रकम असुल गर्न बाँकी रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button