भागवतमा एकै दिन ५५ लाख सहयोग



मेरो प्रदेश सम्वाददाता
सर्लाही
हरिवन बजारमा रहेका पूर्व–पश्चिम राजमार्गको दक्षिणमा रहेको कृष्ण मन्दिर, धर्मशाला, सभाहल, किरियापुत्री भवन निर्माण गर्ने उद्येश्यले लगाइएको श्रीमद् श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा विहिबारकादिन एकै दिनमा ५५ लाख रुपैंया भन्दा बढी सहयोग रकम संकलन भएको छ ।


भागवत लगाएको छैटौं दिन विहिबार मात्र ५५ लाख रुपैंया भन्दा बढी दातृहरुको सहयोग संकलन भएको कृष्ण मन्दिर सेवा समितिका सचिव विनोद कार्कीले बताए । विहिबार प्रदेस सांसद् डिल्ली प्रसाद उप्रेतीले संसदिय बिकास कोषबाट भौतिक पूर्वाधार निर्माण गर्न भनेर २५ लाख, संविधान सभा सदस्य नरेन्द्र साहले ५ लाख ५१ हजार १०५, हरिवन घर भएका गजेन्द्र कार्कीले ५ लाख ५ हजार ५०५, नेपाली कांग्रेसका नेता दिलिप राज भण्डारीले १ लाख १ हजार १६१, बद्रीबहादुर कार्कीले ५१ हजार ५५५, लोकजंग कार्कीले ५५ हजार ५५५, चेम्बर अफ कमर्श हरिवनले ६६ हजार १११, चेतबहादुर खड्काले ५५ हजार ५५५, शत्रुधन साहले ६१ हजार, विन्दाकुमारी खड्काले ५१ हजार १११, रोमबहादुर थापाले ५१ हजार ५५५, रोमबहादुर थपलियाले ५० हजार ५५५ रुपैंया आर्थिक सहयोग घोषणा गरेको आयोजक समितिले जनाएको छ । यसैगरी सँगै हालसम्म नगद र चेक भुक्तानी गरी भागवतबाट ८५ लाख रुपैंया भन्दा बढी सहयोग संकलन भएको छ । ५ लाख रुपैंया भन्दा बढी सहयोग गर्ने दाताको नामबाटै धर्मशालाको कोठाहरुको नामाकरण गर्ने र उनिहरुको तस्बिर समेत राखिने सचिव कार्कीले जानकारी दिए ।

नेपालकै प्रथम जगत गुरु बाल सन्त मोहन शरण देवाचार्यले कथा प्रवचन गरेको भागवत शुक्रबार समापन हुँदैछ । हाल हरिवन चोकमा रहेको मन्दिर अब कैलाशपुरी गेटबाट दुईसय मिटर उत्तर साबिक साझा संस्थाको जमिनमा निर्माण गरिदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button