चरी चरण गराउन घरबाट निस्केकी एक महिला मृत फेला



मेरो प्रदेश सम्वाददाता
सप्तरी
चरी चरण गराउन घरबाट निस्केकी एक महिला मृत फेला परेकी छिन् । बिगत दुई दिनअघि घर छेउकै जंगलमा गाई, बाख्रा चराउन घरबाट निस्केकी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका १ भवानीपुर निवासी ५५ वर्षिया मजादेवी सरदार मंगलबार बिहान मृत फेला परेकी हुन ।


आइतबार गाई, बस्तु चराउन घरवाट निस्केकी उनी अबेरसम्म घर नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र आफन्तको खोजतलासको क्रममा घर नजिकै जंगलमा मंगलबार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ । डिएसी तिलक भारतीले जंगली हात्तीको आक्रमणबाट सरदारको मृत्यु भएको अनुसन्धानको क्रममा खुलेको बताएका छन ।

चार दिन अघि जंगली हात्तीकै आक्रमणबाट सप्तरीको कंचनरुप नगरपालिका ५ घर भएका ४१ वर्षिया चन्द्रिकादेवी मुखियाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button