सामान्य विवादलाई ब्यबस्थापन गर्न आफै सक्षम रहेको ,नेता नेपाल



मेरो प्रदेश सम्वाददाता
रौतहट
नेकपाका बरिष्ठ नेता माधब कुमार नेपालले पार्टी भित्र देखिएको विवाद सामान्य भएको बताएका छन । रौतहटको गौरमा मंगलबार ऐतिहासिक कलाकुन्ज पुस्ताकालयको भवनको शिलान्यास गर्ने क्रममा नेता नेपालले सो कुरा बताएका हुन । उनले देशको राजनिती राम्रो ढंगबाट अगाडी बढेपनी पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादबाट धेरै आत्तिहाल्नु पर्ने नभएको टिप्पणी गरेका छन । उनले सामान्य विवादलाई ब्यबस्थापन गर्न आफै सक्षम रहेको बताउदै
ठुलो पार्टी भित्र देखिएको बिवाद समान्य भएको र यसवाट कोहिपनी आत्ति हाल्नुपर्ने अवस्था नरहेको बताए । नेता नेपालले कोरोना भाइरस जस्तो महामारीलाई रोकथाम गर्न सिंगो विश्व समुदाय एकजुट हुनुपर्नेमा जोड दिर्दैे
नेपाल सरकारले समयमै सजगता अपनाएकोमा प्रशंसनिय रहेको चर्चा गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button