महोत्तरीमा एक महिला आफ्नै घरमा मृत फेला

मेरो प्रदेश सम्वाददाता
महोत्तरी
महोत्तरीमा एक महिला आफ्नै घरमा मृत फेला परेकी छिन । महोत्तरीको भङ्गाहा नगरपालिका–३ घर भएकी २१ वर्षीय राकेश झाँकी श्रीमती कञ्चन झा मंगलबार बिहान आफ्नै घरमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
घटना भङ्गाहा–५ स्थित सीतापुर प्रहरी चौकीबाट १०० मिटर नजिकै भएको हो। घटनास्थलमा पुगेका प्रहरी टोलीलाई घरका परिवारले कञ्चन भुण्डिएको अवस्थामा देखेको र उपचार हुनसक्ने भनेर झुन्डिएको डोरी काटेर झार्दा उनको मृत्यु भइसकेको बताएको छ । कञ्चनको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ।