प्रदेश नम्वर २ मा होली पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने



मेरो प्रदेश सम्वाददाता
धनुषा
प्रदेश नम्वर २ मा होली पर्वको अवसरमा प्रदेश सरकारले दुई दिन सार्वजनिक विदा दिने भएको छ । यसअघि नेपाल सरकारले होलीको अवसरमा फागुन २६ गते एक दिनमात्र सार्वजनिक विदा दिएकोे हो ।
प्रदेश सरकारले होलीको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।
१५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा सकिएपछी मिथिलाञ्चल क्षेत्रमा होली मनाइने परम्परा रहिआएको छ । फागुन २५ गते जनकपुर आई पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली पर्व मनाइने भएकोले २ दिन विदा दिने निर्णय गरिएको बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button