सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गयो



मेरो प्रदेश सम्वाददाता
सप्तरी
सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा
कञ्चनरुप नगरपालिका ५, पथरी टोल घर भएकी ४१ वर्षीया चन्द्रिकादेवी मुखिया रहेकी छिन ।
मुखियाको हात्तीको आक्रमणमा परेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।
मुखिया कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रभित्रको जङ्गलमा घाँसरदाउरा काट्न गएको बेला हात्तीले आक्रमण गरेको बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button