सिरहामा भएको छट्टाछुटै सवारी दुर्घटनामा एक जनाको मृत्यु १५ घाइते



मेरो प्रदेश सम्वाददाता
सिरहा
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको छट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १५ यात्रु घाइते भएका छन् । मुत्यु हुनेमा कर्जन्हा नगरपालिका–६ बडरा घर भएका साइकलयात्री २० वर्षीय पुजन सदा रहेका छन ।


सिरहाको मिर्चैया नगरपालिका–२ मल्हनियाँ चौकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ७ ख ५७९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा। गम्भीर घाइते भएका सदाको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगरपालिकास्थित गागन खोला नजिक सडकमा आज बेलुका माइक्रोबस दुर्घटना हुदाँ १५ जना यात्रु घाइते भएका छन् । घाईते मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना १ ज ६४५८ नम्बरको माइक्रोबसको पछाडिको चक्का खुस्किएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । माइक्रोबसमा यात्रा गरिरहेका १५ जना यात्रु घाइते भएका हुन् । घाइतेमध्ये धनुषाको महेन्द्रनगर घर भएका ६५ वर्षीया रामरतीदेवी महरा, ठेगाना खुल्न नसकेको ५५ वर्षीय गोपाल दास, धनुषाको मेगाडाबर निवासी ६६ वर्षीय जगदीश महतोको अवस्था गम्भीर रहेको बताइएको छ ।

गम्भीर घाइतेको धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ भने अन्यको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button